दुई दिन घाम लागेमा कलंकीको ‘अण्डरपास’ खुल्ने, यसरी पास हुनेछन् गाडी

काठमाडौं – लगातारको झरीले कलंकीमा बन्दै गरेको अण्डरपास सञ्चालनमा ढिलाई भएको छ । साउन पहिलो हप्तामै अण्डरपास सञ्चालनमा ल्याउने भनिए पनि घाम नलागेर काम हुन नसक्दा ढिलाई भएको हो । चक्रपथ सडक आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार अण्डरपासको सबै काम सकिए पनि कालोपत्रे गर्न बाँकी भएकोले अहिल्यै खुलाउन नसकिएको हो । घाम नलाग्दा काम नहुने…