काठमाडौं l नेपाल प्रहरी कार्ययोजना–२०८० तथा आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन सम्झौताको वार्षिक प्रगति समीक्षा कार्यक्रम आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ। कार्यक्रम प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको उपस्थितिमा सम्पन्न भएको हो। सोही अवसरमा आईजीपी थापा र विभागीय प्रमुखहरू तथा प्रदेश प्रहरी कार्यालयका प्रमुख/प्रतिनिधिहरूबीच आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ कार्यसम्पादन सम्झौतामा हस्ताक्षर…