काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एउटा तस्बिरलाई लिएर व्यापक आलोचना र टीकाटिप्पणी भइरहेको छ । माओवादीले थालेको मध्यपहाडी लोकमार्ग अभियानका क्रममा जाजरकोट पुगेका प्रचण्डले पत्रकार डेकेन्द्र थापाको सालिकमा हात जोडेर श्रद्धाञ्जली दिँदै गरेको तस्बिरलाई लिएर उनको आलोचना भइरहेको हो । थापालाई माओवादीको १० वर्षे जनयुद्धका क्रममा मारिएको थियो । सेना…