काठमाडौं । नेपालमा चैत महिनालाई आन्दोलनको महिना भनेर चिन्ने गरिन्छ । २०४६ सालको आन्दोलन र २०६२÷६३ को दोस्रो जनआन्दोलनको शंखनाध चैतमै भएको थियो । त्यसैले पनि चैतलाई परिवर्तनकारी शक्तिले आन्दोलनको महिना मान्ने गरेका हुन् । परिस्थितिले यसपटक राजावादी शक्तिले चैतमा राजतन्त्र पुनःस्थापनाको आन्दोलनको शंखनाध गरेका छन् । गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट…