निःसर्त रास्वपामा समाहित भयो विवेकशील साझा पार्टी, कुलमानसँग पनि वार्ता चल्दै

काठमाडौं । विवेकशील साझा पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभामा दुई दलका नेताहरूले एकीकरणसम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन् । रास्वपाका तर्फबाट कार्यबाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले तथा विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका छन् । उनीहरूबीच विभिन्न पाँचवटा बुँदामा…