जनतामाथि गोलिको आडमा केबलकार बनाउन जरुरी छैनः राजेन्द्र लिङ्देन

२० माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पाथीभरामा केबलकार बनाउने नाममा ज्यादती गरेको भन्दै त्यसलाई अहिले बनाउन जरुरत नभएको बताएका छन् । ‘केलबलकार स्थापना गर्ने नाममा जुन प्रकारको ज्यादती सरकारबाट भइरहेको छ, म त्यसको निन्दा गर्न चाहान्छु,’ आइतबार पत्रकार सम्मेलन गरेर उनले भने, ‘म सरकारसँग आग्रह गर्न चाहान्छु–कुनै व्यापारीको फाइदाका लागि, केही राजनीतिक…