पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादी प्रदर्शन, त्रिभुवन विमानस्थलमा यातायात अवरुद्ध

काठमाडौँ- पोखराबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि उनको स्वागतमा ठूलो राजावादी भीड जम्मा भएको छ। एयरपोर्टदेखि गौशाला, चाबहिल हुँदै महाराजगञ्ज र चक्रपथमा राजावादी समर्थकहरूको भीड फैलिएको छ। त्रिभुवन विमानस्थलको गोल्डेन गेटमा पूर्वराजाले आफ्नो गाडीबाट आधा जीउ निकालेर समर्थकहरूलाई हात हल्लाएर अभिवादन गरे। समर्थकहरूले विभिन्न नाराबाजीसहित तस्बिर, भिडिओ र सेल्फी खिचिरहेका थिए।…