कांग्रेस सांसद अर्जुननरसिंह केसीले किन गरे बजेट पुस्तिका च्यात्ने घोषणा ?

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभामा विनियोजन विधेयकका सैद्धान्तिक र प्राथमिकीकरणका विषयमा मंगलबारबाट छलफल सुरु भएको छ । छर छलफलको दोस्रो दिन नै प्रतिनिधिसभामा कांग्रेस सांसद अर्जुननरसिंह केसीले बजेट पुस्तिका च्यात्ने चेतावनी दिएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उनले बालाजु–रानीपौवा–त्रिशूली सडक स्तरोन्नत्तिका लागि यसपटक पनि बजेट विनियोजन नभएको बजेट च्यात्ने चेतावनी दिएका हुन्।…