गृहमन्त्री राजीनामा दिन्छु भन्ने, ओली र देउवा नदेऊ भन्ने

काठमाडौं - भिजिट भिसा प्रकरणमा अध्यागमन विभाग प्रमुख तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको दायरामा परेपछि गृहमन्त्री रमेश लेखकमाथि राजीनामाको दबाब बढ्दो छ । प्रमुख प्रतिपक्षी माओवादी, रास्वपा, राप्रपासहितले गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान राखेपछि लेखक अप्ठेरोमा परेका छन् । सामाजिक सञ्जालदेखि उनका समर्थक र शुभचिन्तकले पनि राजीनामा दिएर नैतिकता प्रदर्शन गर्न…