काठमाडौँ- रोल्पामा बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका हुन्। सुनछहरी गाउँपालिका ४ सिउरीका २२ वर्षीय हर्कबहादुर पुनमगर पक्राउ परेका छन् । उनलाई प्रहरी चौकी कुलेलीबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको छ । उनीविरूद्ध १३ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले बताए। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेका छन्…