काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य मोहन बस्नेतको पद निलम्बन गरिएको सूचना संसद्लाई जानकारी गराएका छन् । बस्नेतविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको थियो । टेरामक्स प्रविधि खरिद प्रकरणमा नेता बस्नेत मुछिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा बस्नेतसहित १६ जना र २ संस्थाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो…