काठमाडौँ- काठमाडौँ महानगरपालिका–९ सिनामंगल शम्भुमार्गस्थित सडकबाट स्रोत नखुलेको नगद ६८ लाख रुपैयाँ सहित ४ जनालाई गएराति प्रहरीलेद्दारा पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राज कुमार माली, सोही महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका–७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय प्रवेश कुमार पौडेल र…