प्रधानमन्त्रीको चीन भ्रमणः नौ सांसदसहित ८७ जनाको जम्बो टोली जाँदै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण स्वीकृत भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ओलीको चीन भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्री ओली सोमबार ५ दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गर्नेछन् । बिहीबार मन्त्रिपरिषद्बाट स्वीकृत भएको भ्रमणमा संघीय संसद्का ९ सांसद पनि परेका छन् । ओलीसँगै चीन जानेमा सत्तारुढ दल एमालेका सांसदद्धय…