नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार

काठमाडौँ- पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा हाम फालेकी एक महिलालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। सोही जिल्लाको प्रतापपुर गाउँपालिका–३, सोमनी निवासी ३५ वर्षीया महिलाले मंगलबार त्रिवेणी ब्यारेजबाट नदीमा हाम फालेकी थिइन्। घटनाबारे जानकारी पाउनासाथ बिओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको नेतृत्वमा खटिएको टोलीले उनलाई तत्काल उद्धार गरेको हो। उद्धारपछि…