सर्वदलीय सहमतिमा भ्रष्टाचारको फाइल खोल्न गगनको प्रस्ताव

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलीय सहमतिमा भ्रष्टाचारको फाइल खोल्ने प्रस्ताव अगाडि सारेका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भ्रष्टाचारको विषयमा एकले अर्कोलाई खुइल्याउने र धम्क्याउने प्रवृत्ति बढेको भन्दै दलीय सहमतिमा कुन–कुन फाइल खोल्ने भन्ने निर्णय गर्न प्रस्ताव गरेका हुन् । ‘एकदिन सबै दलका…