काठमाडौँ- भाटभटेनी सुपरमार्केटको प्रणालीमा अनधिकृत पहुँच पुर्याएर करको दायरा कृत्रिम रूपमा बढाइएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले सन्तोष पराजुली (२८) र परिन पाण्डे (२२) लाई शनिबार चितवनको भरतपुर महानगरपालिका–३ बाट पक्राउ गरेको हो। पराजुली र पाण्डे चितवनमा रहेको बिहादी बिजनेश म्यानेजमेण्ट नामक लेखा परीक्षण कम्पनीका कर्मचारी हुन्। उनीहरूले भाटभटेनीको प्रणालीमा…