काठमाडौं - प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। सोमबार साँझ ६ बजे बस्ने गरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा घुसकाण्डमा मुछिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताबारे निर्णय गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। घुस प्रकरणको अडियो र अख्तियारमा उजुरी परेको केही हप्ताअघि नै जानकारी पाएका प्रधानमन्त्री ओलीले यस प्रकरणमा मुख खोलेका थिएनन्। तर, उक्त अडियो…