काठमाडौं– झापाको मेचीनगर नगरपालिका–१० निन्दाखोला नजिकैको घारीमा एक नवजात शिशु फेला परेको छ । जिवितै अवस्थामा फेला परेको नवजात शिशुको उद्दार गरेर इलाका प्रहरी कार्यालय धुलाबारीमा बुझाइएको छ । फेला परेको शिशु छोरी रहेको बुझिएको छ । झाडीमा शिशु भेटिँदा कमिलाले टोक्दै गरेको र रगत समेत आइरहेको अवस्थामा भेटिएकी थिइन् । उक्त शिशु कसको हो…