गोरखाको चुमनुव्री गाउँपालिका–६, ताजुमा भएको आगलागीले पुर्‍यायो ठूलो क्षति

काठमाडौँ- उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ ताजुस्थित कुन्साङ लामाको घरमा आगलागी भएको हो । बिहीवार दिउँसो करिव साढे चार बजेको समयमा भएको आगलागीका कारण लामाको जस्ताले छाएको दुई वटा कच्ची घर र भूकम्प पश्चात निर्माण भएको एउटा घर जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले बताए । खाना पकाउन चुल्होमा बालेको आगो बलोमा सल्किएर आगलागी भएको प्रहरी निरीक्षक…