युवा जनशक्ति दुर्व्यसनमा फस्नु समाज र राष्ट्रका लागि हानिकारक : मन्त्री श्रेष्ठ

११ असार,काठमाडौ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषधको प्रयोग नेपालमा पनि समस्याको रूपमा देखा पर्दै आएको बताएका छन् । मन्त्री श्रेष्ठले गाँजा, चरेस, अफिम, हेरोइन जस्ता निषेधित पदार्थ र कोकिन लगायत तोकिएका नियन्त्रित पदार्थ लागुऔषधका रूपमा प्रयोग गर्ने गरिएको पाइएको बताएका हुन् । सोमबार लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन…