रविलाई भेट्न एकैपटक पुगे रास्वपाका उपसभापति वाग्ले र अर्याल

काठमाडौं– सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई भेट्न पार्टीका उपसभापतिद्धय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले पुगेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतमा रहेका लामिछानेलाई भेट्न दुबै उपसभापति सोमबार दिउँसो एकैपटक पुगेको रास्वपा नेतृ ज्वाला सङ्ग्रौलाले जानकारी दिएकी छिन् । सभापति लामिछानेलाई भेट्न यसअघि अर्याल र वाग्ले छुट्टाछुट्टै जाने गरेका…