पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा हाइड्रोजन ग्यास भरिएको बलुन बिस्फोट, भारतीय नागरिक पक्राउ

काठमाडौँ- पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा हाइड्रोजन ग्यास भरेको बलुनको बिस्फोटको घटनाले ठूलो हंगामा मच्चाएको छ। भारतीय नागरिक कमलेस कुमारलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ। उनले हाइड्रोजन ग्यास भरेको बलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा बलुन बिस्फोट भएको थियो। बिस्फोटका कारण अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए।…