सात घण्टापछि खुल्यो पृथ्वीराजमार्ग

तनहुँ– पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खसेर अवरुद्व भएको सडक सात घण्टापछि खुलेको छ । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाका तीनवटा उपकरण प्रयोग गरी पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । ‘ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो’, उनले भने, ‘अहिले दुइतर्फी सडक पूर्ण रुपमा…