महाशिवरात्रीमा पशुपति दर्शन गर्न आएका श्रद्धालुको मोबाइल चोरीमा दुई जना पक्राउ

काठमाडौँ- महाशिवरात्रीको अवसरमा पशुपति दर्शन गर्न आएका श्रद्धालुको मोबाइल चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा नगरपालिका–६ का ३१ वर्षीय बिजय मगर र गोरखाको बारपाक गाउँपालिका–४ का ३४ वर्षीय अभिषेक गुरुङ छन्। प्रहरीका अनुसार, उनीहरुलाई बालाजुस्थित बसन्तनगर गुम्बा नजिकैबाट पक्राउ गरिएको हो। प्रहरीले उनीहरुको साथबाट १० थान मोबाइल बरामद गरेको…