काठमाडौं— पाँच दिनअघि मिस्टर काठमाडौं जितेका शारीरिक सुगठनका राष्ट्रिय खेलाडी प्रकाश राईको बुधबार निधन भएको छ । मोरङको पथरी–शनिश्चरे नगरपालिका–१ का राई गत शनिबार काठमाडौंको दशरथ रंगशालाको कभर्ड हलमा सम्पन्न प्रतियोगिताका विजेता बनेका थिए । उनी प्रतियोगीतामा सहभागी हुन मोरङको ‘फोनिक्स फिटशाला’ को प्रतिनिधित्व गर्दै काठमाडौं आएका थिए। उनी टोखा नगरपालिका–६ स्थित ग्रीनल्यान्ड होटलमा बस्दै…