बस्ति वरपर बाघ देखिएपछि सचेतना अपनाउन भरतपुर–३ को अनुरोध

काठमाडौं– चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर ३ का बस्तिमा बाघ पसेको छ । बाघ पसेको खबर पाएपछि वडा कार्यालयले बिहान बेलुकाको समयमा हिँडडुल गर्दा सचेतना अपनाउन वडाबासीलाई आग्रह गरेको छ । वडा नं. ३ को भानु नौघरे टोल विकास संस्थाको पछाडिपट्टी पुङ्गी खोलाको झाडी तथा लिटिल फ्लावर स्कूल आसपास विभिन्न स्थानहरुमा बाघ देखिएको भन्दै स्थानीयले…