काठमाडौँ – प्रेम सम्बन्ध बिग्रिएपछि युवतीको चरित्र हत्या गर्ने आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। साइबर अपराध ब्युरोले काठमाडौँको हाँडीगाउँका २७ वर्षीय अभिनाश प्रधानलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार, प्रधान र पीडित युवती बीच प्रेम सम्बन्ध रहेको र त्यसपछि सम्बन्ध बिग्रिएपछि उनले युवतीको अनुहारमा नग्न महिलाको तस्बिर जोडेर चरित्र हत्या गरेको आरोपमा उजुरी परेको…