पहिरोले हजुरआमाको ज्यान लग्यो, नातिनी बेपत्ता

रोल्पा– रोल्पामा पहिरोले घर पुरिदा हजुरआमाको निधन भएको छ भने नातिनी वेपत्ता भएकी छन्। शुक्रबार राति सुनछहरी गाउँपालिका–४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राति ९ बजेतिर घर माथिबाट पहिरो आएर घर पुरिएको हो। घरमा हजुरआमा र नातिनी रहेका थिए। पहिरोमा पुरिएकी ६५ वर्षीया हजुरआमा…