१ करोड २३ लाख ठगी आरोपमा तिर्सना मगर पक्राउ, मानव तस्करीमा फसाइएको दाबी

काठमाडौँ- बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले बैजनाथ गाउँपालिका–५ की २३ वर्षीया तिर्सना बाठा मगरलाई आइतबार १ करोड २३ लाख रुपैयाँ ठगीको आरोपमा पक्राउ गरेको छ। प्रहरीका अनुसार विभिन्न व्यक्तिलाई वर्किङ भिसामा जापान पठाइदिने प्रलोभनमा पारेर प्रति व्यक्ति १४ देखि १५ लाखसम्म असुलेर ठगी गरिएको आरोप छ। पीडितहरूले वैदेशिक रोजगार विभाग, काठमाडौंमा किटानी जाहेरी…