काठमाडौँ - पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जना बृद्धको मृत्यु भएको छ। सोमबार बिहान मध्यविन्दु नगरपालिका वडा नम्बर २ स्थित नारायणी किनारमा गोहीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेद पौडेलले जानकारी दिएका छन् । उनकाअनुसार मृतक सोही वडाका ७२ वर्षीय मिलबहादुर थारू रहेका छन्। थारू बिहान नुहाउन नदीमा…