राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई मुठभेड निम्त्याउनतर्फ अग्रसर नहुन चेतावनी

बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १३ दिन हिँडेर काठमाडौं आएपछि मिटर ब्याज पीडितहरूको आन्दोलनमा एकबद्धता जनाउन जाँदा आफ्नो पार्टीको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीमाथि भएको दुर्व्यवहार प्रयासप्रति आपत्ति जनाए। उनले सरकारलाई प्रश्न गरे, ‘के सरकार मुठभेडतर्फ जान खोजेको हो ? यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन ? म त्यो प्रकारको दुष्प्रयासको भर्त्सना गर्न चाहन्छु।…