राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउसँगै पोखरामा राजनीतिक तनाव बढ्न सक्ने आशंका गरिएको छ। रास्वपा कार्यकर्ताले लामिछानेको समर्थनमा प्रदर्शन गर्ने तयारी गर्दा, सहकारी पीडितहरूले पनि आफ्नो माग राख्न सडकमा उत्रने निर्णय गरेका छन्। रास्वपाले मानवअधिकार चोकमा प्रदर्शन गर्ने तयारी गरिरहँदा, सहकारी पीडितहरूले गैह्रापाटनमा शान्तिपूर्ण प्रदर्शन गर्ने सूचना सामाजिक सञ्जालमार्फत साझा गरेका छन्। यसबीचमा, जिल्ला…