काठमाडौं, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुकुल ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्काशित गरेको छ । आज (मंगलबार) बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यबाट पनि निष्काशन गरेको हो । ढकाल यसअघि पार्टी महामन्त्रीको भूमिकामा थिए । पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोपमा उनलाई पार्टीको महामन्त्रीबाट हटाइएको थियो । रास्वपा अनुशासन आयोगको…