राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले रास्वपा सांसद् ढाकाकुमार श्रेष्ठ घुस प्रकरण नेपालको राजनितिमा नौलो घटना नभएको बताएका छन् । आज (सोमवार)को प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक परियारले यो सम्वन्धमा संसद्लाई जानकारी गराँउदै पार्टीको तर्फबाट गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । उनले उक्त घटनाको बारेमा सत्य तथ्य छानविन…