जाजरकोटमा जिप दुर्घटनाः १५ जना घाइते

जाजरकोट– जाजरकोटमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। तीन जनाको अवस्था गम्भीर छ। खलंगादेखि भेरी नगरपालिका–६ नेटाबजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको जिप वडा नम्बर ६ भेरेमा आज दिउँसो साढे २ बजे दुर्घटना भएको हो। दुर्घटनामा १५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। घाइतेहरूमध्ये तीन जनाको अवस्था…