काठमाडौं : पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म ‘सम्झना बिर्सना’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । यो रोमान्टिक फिल्म असार ३१ गतेदेखि प्रदर्शन हुँदैछ । निमेष प्रधान लिखित तथा निर्देशित फिल्मको तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, रोमान्स, संवेदना र रहस्यको मिश्रण छ । चिया बगानका मजदुरको समस्यालाई पनि ट्रेलरमा चित्रण गरिएको छ ।…