कर्णाली प्रदेश अस्पतालको इमर्जेन्सीमा उपचार गराइरहेका एक जना विरामी कोरोना संक्रमित भएको थाहा भएपछि प्रदेश अस्पतालमा खैलाबैला मच्चिएको छ । सुर्खेत बराहताल गाउँपालिका–४, को क्वारेन्टिनमा बस्दै आएका ५० वर्षीय एक जना पुरुषलाई सर्पले डसेपछि मंगलबार उपचारका लागि प्रदेश अस्पताल वीरेन्द्रनगर ल्याइएको थियो । तर ती बिरामी क्वारेन्टिनमा बस्दै आएको भन्ने औपचारिक जानकारी अस्पताललाई दिइएको थिएन…