जर्मनीले नेपाललाई द्विपक्षीय विकास सहयोगमा निरन्तरता दिने

जर्मनीले नेपाललाई द्विपक्षीय विकास सहयोगमा निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ । नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्जले नेपाल–जर्मनी द्विपक्षीय विकास सहयोगलाई सन् २०३० पछि पनि निरन्तरता दिने प्रस्ताव सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी दिएका हुन् । उक्त विषयबारे जर्मनीका चान्सलर ओलाफ स्कोल्जले नेपालका प्रधानमन्त्री देउवालाई पठाएको पत्र राजदूत प्रिन्जले बालुवाटार पुगेर हस्तान्तरण गरेका हुन्…