नायिका बनाइदिने प्रलोभन देखाएर भारत लगेर बेच्ने दुई जना पक्राउ

भोजपुरी चलचित्रमा नायिका बनाइदिने प्रलोभन दिएर नेपालकी १५ वर्षीया बालिकालाई भारत लगेर बेच्ने एक महिला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरगन्जकी १५ वर्षिया बालिकालाइ भारतमा लगेर बेच्ने रौतहटको गौर नगरपालिका २ घर भइ हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १६ मा बस्दै आएकी ४० वर्षीया चमेली देवी र भारत बिहारको सीतामढी जिल्लाको बासपट्टी पचरा…