काठमाण्डौ उपत्यकामा प्रयोग भइरहेको सबैजसो पानीका स्रोतमा हैजाका जीवाणु ‘इक्रोलाई’ भेटिएपछि सरकारले उपभोक्ता सचेत गराएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज एक सूचना प्रकाशित गर्दै प्रशोधित पिउने पानीको बोटल र जारको लेवलमा ‘डीएफटीक्यूसी’ नम्बर उल्लेख भएको तथा बिर्को सिलबन्दी भएको सुनिश्चित गरेरमात्र प्रशोधित पिउने पानी उपभोग गर्न सचेत…