भारतको गृह मन्त्रालयले थप ५४ चिनियाँ एपलाई प्रतिबन्ध गर्न प्रस्ताव गरेको छ। देशको सुरक्षामा खतरा हुन सक्ने भन्दै सोमबार ५४ वटा चिनियाँ एपलाई प्रतिबन्ध लगाउन सिफारिस भएको सूचना प्रविधि मन्त्रालयले जनाएको छ। ‘यी ५४ एपहरूले प्रयोगकर्ताको संवेदनशील डाटा लिएको आरोप छ। यी एपले रियल टाइम डाटा लिएर दुरूपयोग गरी विपक्षी राष्ट्रलाई पठाउँछ,’ मन्त्रालयले जारी गरेको…