दुई दिनको बीचमा सिरहामा एकैखाले लक्षण देखापरेका चार जनाको मृत्यु भएको छ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ कटैया गाउँमा टाउको दुख्ने, वान्ता आउने र बेहोस हुने जस्ता लक्षण देखिएका बिरामीको मृत्यु भएकाे हो । मृत्यु हुनेमा कटैयाका ३५ वर्षीय रामउदगार मुखिया, ३० वर्षीय जितेश मुखिया, ३८ वर्षीय श्यामदेव यादव र ६५ वार्षीय कुसेश्वर मुखिया रहेका छन्…