नेपालमा रसायनिक मलको अभाव हुदै गर्दा काठमाण्डौंको फोहरबाट मल बनाउन हामी क्रियाशिल छौ – मेयर बालेन

काठमाडौं - महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले कुहिने फोहोरलाई मल बनाउन क्रियाशील रहेको बताएका छन् । राष्ट्रिय धान दिवसको शुभकामना दिँदै प्रमुख शाहले मलको हाहाकारलाई कम गर्न कुहिने फोहोरलाई मल बनाउन महानगरपालिका क्रियाशील रहेको बताएका हुन् । उनले जैविक फोहोरबाट मल बनाउने महानगरको सफलता र असफलताले देशभर नै फरक पार्नेमा आफू सचेत रहेको बताए…