हरिवनमा बस पल्टिँदा १६ यात्रु घाइते, चालक फरार !

सर्लाहीको हरिवनमा मंगलबार दिउँसो बस पल्टिँदा १६ यात्रु घाइते भएका छन् । पोखराबाट विराटनगरतर्फ जाँदै गरेको ना ५ ख ५०५५ नम्बरको अग्नी यातायात पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९ नोचामा पल्टिएको हो । गुडिरहेको बस एक्कासी पल्टिएर राजमार्गभन्दा तल पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख केदारमान दोङले बताए । दोङका अनुसार ब्रेक लगाएको अवस्थामा बस पल्टिएको…