फ्रेण्ड्स क्लबलाई हराउँदै आर्मी तेस्रो स्थानमा

शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले शनिबार फ्रेण्ड्स क्लबलाई ३-१ ले पराजित गरेको छ । यो जितपछि आर्मी संकटा क्लबलाई उछिन्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ । ९ खेलबाट १७ अंक जोडेको आर्मी दोस्रो स्थानको मनाङ मर्स्याङ्दी भन्दा २ अंकले मात्र पछि छ । नवौं चरणसम्म अपराजित आर्मीको पछिल्लो दुई खेलमा यो…