सरकारले लकडाउन खुकुलो बनाएर उद्योग र विकास निर्माणका आयोजना सञ्चालन गर्न दिने सङ्केत गरेको छ ।राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र चलायमान बनाउन र आपूर्ति प्रणालीमा सहजता ल्याउन उद्योग खोल्न अनुमति दिइने बताउनुभयो । आफ्ना उद्योगका कामदारलाई समुदायमा छ्यासमिस नगराउने र जिल्ला जिल्लाबाट उद्योगसम्म आउने मजदुरलाई कोरोना परीक्षण गराइने प्रधानमन्त्री अोलीले बताउनुभयो…