हामीलाई थाहा छ झट्ट तस्विर मात्र हेर्दा यो तस्विरमा को हुन् भन्ने ठम्याउन जो कोहीलाई मुस्किल छ । तर यो अवतार भन्दा फरक देख्दा अधिकांश नेपालीले उहाँलाई चिन्छन् । उहाँ हो नेपालको उपप्रधानमन्त्री भइसक्नुभएको भिआईपी कमल थापा । उहाँले आज सिमसिमे पानीमा साईकलमा काठमाडौं रिंगरोडको एक चक्कर पुरा गरियो भन्दै सामाजिक सञ्जालमा तस्विर पोष्ट गर्नुभएको छ । यसो गर्दा रमाइलो शारीरिक अभ्यास भएको उहाँको भनाई छ ।
तपाईलाई जानकारी गराऊ कमल थापा भीआईपी मात्र हुनुहुन्न उहाँ टेबलटेनिस खेलाडी र नेपाली फुटबल टिममा पुर्व कप्तान पनि हुनुहुन्छ । उहाँले अखिल नेपाल फुटबल संघको अध्यक्ष पद २६ वर्षको उमेरमा नै सम्हाल्नुभएको थियो । कमल थापा, राजा ज्ञानेन्द्रको तत्कालिन सरकारका तर्फबाट गृह मन्त्रि समेत बन्नुभयो ।
उहाँ अझैपनि राजतन्त्रको वकालत गर्नुहुन्छ । उहाँ राप्रपा नेपालको अध्यक्षपनि हुनुहुन्छ । राजाको शासन सकिएपछि राजनीतिक दलहरुको शासन कालमा समेत थापा उपप्रधानमन्त्री भइसक्नुभएको छ । यो उहाँको राजनीतिक छलाङ हो । उहाँले राजनीति शास्त्र र अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर हासिल गर्नुभएको छ । उहाँ अहिलेपनि टेबलटेनिसको अन्र्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै खेल्न जानुहुन्छ । यसैले उहाँ एक बहुमुखी क्षमता भएका उदाहरणीय व्यक्तित्व हुनुहुन्छ ।
प्रतिक्रिया