भीम रावलमाथि खनिए प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता भीम रावलप्रति आक्रोश पोखेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गरेकोप्रति देउवा उनीप्रति खनिएका हुन्। ‘मन्त्रिपरषद्बाट आफ्नै सरकार हुँदा पास गरेर संसदमा पेस गर्दा त्यसबेला किन आलोचना गर्नुभएन। भीम रावलले के हेरेर बसे त्यसबेला ?’ नुवाकोटको किस्पाङ गाउँपालिका भवन उद्घाटन गर्न पुगेका देउवाले आक्रोशित हुँदै भने,’अहिले किन विरोध गर्दैछन्…