कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई प्रहरीले देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४ जना, पर्साबाट ३ जना, सिरहाबाट २ जना, कञ्चनपुर
सिड्नीको हर्षभिलमा नेपाली युवाबीच ग्याङफाइट हुँदा घाइते भएका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। ललितपुरका एक युवकको कोग्राह हस्पिटलमा उपचारको क्रममा निधन भएको उनका नजिकका नातेदारले पुष्टि गरेका छन्। दुई दिनअघि सिड्नीको हर्षभिलको पबमा दुई विद्यार्थीहरूको समूहबीच भेट भएर भनाभन भएपछि सो झगडा सुरू भएको थियो। पबमा दुई पक्षबीच भेट
काठमाण्डौ -नेपाल–भारतको सीमामा आइपुगेका नेपाली नागरिक नेपाल आउन पाउने भएका छन् । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले पूर्वदेखि पश्चिमसम्मका नाकामा सयौं नेपाली अलपत्र परेकाले उनीहरुलाई नेपाल आउन दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा।युवराज खतिवडाले निर्णयबारे जानकारी दिनुभएको छ
काठमाण्डौ – राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले कोरोनाको जाँच र उपचार गर्दा डाक्टरले लगाउनुपर्ने सुरक्षाका सामान अर्थात पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) बनाउने घोषणा गर्नुभएको छ । त्रिवि शिक्षण अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पीपीई बनाउन अनुरोध गरेपछि तत्काललाई ४ सय थान पीपीई बनाउने सामान उपलब्ध भएको
अहिले विश्वभरि फैलिरहेको कोरोनाभाइरसको उद्गमस्थल मानिएको चीनको वुहान सहरमा पाँच दिनको शून्यतापछि फेरि उक्त भाइरस देखा परेको छ। कोभिड-१९ नामक रोग लगाउने नयाँ कोरोनाभाइरस पहिलो पटक हुबे प्रान्तको उक्त सहरमा देखिएको थियो। त्यहाँ केही दिनयता सङ्क्रमण घट्दै गएको थियो तथा पाँच दिनदेखि कुनै पनि नयाँ सङ्क्रमण देखिएको थिएन। अहिले चीनभित्रबाट
सरकारले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबै सीमा नाका बन्द गरेपछि पनि केही नेपाली नेपाल भारत सीमामा आइपुगेर अलपत्र परेपछि उनीहरुलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ । कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले उनीहरुलाई एक पटकका लागि नेपाल प्रवेशको अनुमति दिने निर्णय गरेको हो । तर उनीहरु अनिवार्यरुपमा
सरकारले दक्षिणी सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई अन्तिम पटकका लागि नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ ।भारतबाट नेपाल भित्रन खोज्ने नेपालीहरु सीमामा धेरैको संख्यामा भेला भएको भन्दै सरकारले दक्षिणी सीमामा अलपत्र परेका नेपालीलाई परिचय पत्रका आधारमा नेपाल प्रवेश गर्न दिने निर्णय भएको हो । कोरोना भाइरस नियन्त्रण तथा
दक्षिण कोरिया एकैपटक सबैभन्दा धेरै कोरोना भाइरस फैलिएका दुई मुलुकमध्येको एक हो । चीनपछि दक्षिण कोरियामा यो भाइरसको प्रकोप फौलिएको थियो ।तर अहिले चीनको साथै दक्षिण कोरियामा नयाँ संक्रमणको संख्या उल्लेख्य कमी आएको छ । दक्षिण कोरियाले चीनको जस्तो अभिव्यक्ति स्वतन्त्रतामा पनि रोक लगाएन न त उसले यूरोप र अमेरिकाको
विश्वभरि महामारीका रुपमा फैलिँएको कोरोनाभाइरस हालसम्म विश्वका १९२ भन्दा बढी देशमा फैलिएको छ । कोरोनाभाइरसकै कारण संक्रमितको संख्या र मृत्यु हुनेको संख्या बढ्दै गएपछि अहिले विश्व नै त्रसित बनिरहेको छ । कोरोनाको संक्रमण विश्वका शक्तिशाली देशमा बढी देखिएको छ । यस्तै शक्तिशाली देश मध्येको अमेरिकामा पनि कोरोनाको सङ्क्रमणका कारण ५८२जनाको
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि यसलाई कसरी सामना गर्ने भन्नेमा सरकार र नागरिक तहबाट विभिन्न पहलहरु भइरहेका छन् । तर, कोरोनाको परीक्षणदेखि उपचारसम्मका प्रक्रियामा आवश्यक विभिन्न सामग्रीहरुको अभाव रहेको कुरा सञ्चारमाध्यममा आएका छन् । खासगरी कोरोनाको बिरामी जाँच गर्दा चिकित्सकले लगाउनुपर्ने पीपीई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) ड्रेसको अभाव देखिएको