पासपोर्ट र टिकटबिना युवक जहाजभित्र पुगेपछि खैलाबैला

सोमबार राति १०:४५ मा नेपाल वायुसेवा निगमको वाइडबडी जहाज कतार उड्न लागेको थियो। क्याप्टेन विजय लामा नेतृत्वको टोलीले उडानको तयारी गरिरहेको थियो। त्यहीबेला एक जना युवक विमानभित्रको बिजनेस क्लासको सिटमा बिना कागजात पुगेका थिए। विमानस्थल स्रोतका अनुसार ती युवक थिए, रौतहटका १८ वर्षीय हस्पम आलम। उनी टिकट र पासपोर्टबिनै जहाजभित्र पुगेका थिए। उडान कर्मचारीले उनी…