भारतले भूमि फिर्ता गर्नुपर्‍यो, समाधान त्यही हो : प्रधानमन्त्री !

पाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको एक महिना हुन लाग्यो । भारतले यसबारे वार्ता गर्न मानिरहेको छैन । यसैबीच बुधबार प्रतिनिधिसभामा उपस्थित प्रधानमन्त्री ओली भारतविरुद्ध पुनः आक्रमकरुपमा प्रस्तुत भए । प्रधानमन्त्रीले भने, ‘१९६१ सम्म हामीले भोगचलन गरिरहेको भू-भागमा भारतले ०६२ मा सेना राख्यो र कब्जा गर्‍यो ।…